समाज

युरोकप र कोपा अमेरिका खेलमा सट्टेबाजी खेलाउने पक्राउ

कास्की । युरोप र दक्षिण अमेरिकामा भइरहेको युरोकप २०२० र कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने गरेको अभियोगमा पोखरा महानगरपालिका २७ तालचोक बस्ने १८ वर्षीय किशोरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

उक्त खलेहरुमा सट्टेबाजी भइरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले भाइबर, ह्राट्सएप जस्ता अनलाईन मार्फत सट्टेबाजी गरिरहेको अवस्थामा फेला पारी उनलाई सोही महानगरपालिका(६ लेकसाईडस्थित होटलबाट पक्राउ गरेको हो । 

उनी उपर सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता बिरुद्धको कसुर अन्तरगत सट्टेवाजी गर्न नहुने कसूरमा ७ दिन  म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत