कोरोनाबाट अहिलेसम्म ९ हजार ३२० जनाको मृत्यु, कुल संक्रमित ६ लाख ५१ हजार ३८० पुगे, ६ लाख १५ हजार ६१३ जना निको भए
- गाउँ सहर संवाददाता
- २४ असार बिहीबार, २०७८ | १७:०४:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाबाट अहिलेसम्म ९ हजार ३२० को मृत्यु भएको छ । यस्तै कुल संक्रमित ६ लाख ५१ हजार ३८० पुगेका छन् भने निको हुने ६ लाख १५ हजार ६१३ छन् ।
पछिल्लो २४ घण्टामा २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ५०४ को परीक्षण हुँदा १ हजार ८७५ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ५७२ जनाको आइसियूमा र १९७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार २८६ छ । निको हुनेको प्रतिशत ९४.५ रहेको छ ।
आजसम्म ३३ लाख ९६ हजार ७५३ जनाको पिसिआर टेस्ट भएको छ भने एन्टिजेन विधिबाट २ लाख २२ हजार ३८० को टेस्ट भएको छ । देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३०० र होम आइसोलेशनमा रहेको संख्या २३ हजार ६९२ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ७५५ छ । देशमा सक्रिय संक्रमितको संख्या २६ हजार ४४७ रहेको छ ।
अहिलेसम्म दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या ९ लाख ३३ हजार ८६८ पुगेको मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
प्रतिकृया दिनुहोस