कोरोनाबाट अहिलेसम्म ९ हजार ३२० जनाको मृत्यु, कुल संक्रमित ६ लाख ५१ हजार ३८० पुगे, ६ लाख १५ हजार ६१३ जना निको भए
- गाउँ सहर संवाददाता
- २४ असार बिहीबार, २०७८ | १७:०४:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाबाट अहिलेसम्म ९ हजार ३२० को मृत्यु भएको छ । यस्तै कुल संक्रमित ६ लाख ५१ हजार ३८० पुगेका छन् भने निको हुने ६ लाख १५ हजार ६१३ छन् ।
पछिल्लो २४ घण्टामा २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ५०४ को परीक्षण हुँदा १ हजार ८७५ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ५७२ जनाको आइसियूमा र १९७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार २८६ छ । निको हुनेको प्रतिशत ९४.५ रहेको छ ।
आजसम्म ३३ लाख ९६ हजार ७५३ जनाको पिसिआर टेस्ट भएको छ भने एन्टिजेन विधिबाट २ लाख २२ हजार ३८० को टेस्ट भएको छ । देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ३०० र होम आइसोलेशनमा रहेको संख्या २३ हजार ६९२ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या २ हजार ७५५ छ । देशमा सक्रिय संक्रमितको संख्या २६ हजार ४४७ रहेको छ ।
अहिलेसम्म दोस्रो मात्राको खोप प्राप्त गर्नेको संख्या ९ लाख ३३ हजार ८६८ पुगेको मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
- गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
- नेप्से ५ अंकले घट्यो, सूचक घटे पनि लगानीकर्ताको उत्साह
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
प्रतिकृया दिनुहोस