गाउँ सहर
सांकेतिक : तस्बिर
चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
- गाउँ सहर संवाददाता
- २३ असार बुधबार, २०७८ | १३:१४:०० मा प्रकाशित

सर्लाही । ईश्वरपुर नगरपालिका-४ सागरनाथ बस्ने ३५ वर्षीय सानु भन्ने कृष्ण बहादुर स्यङबोलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५८ वर्षीय पाल दोर्जे स्याङतानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पुरानो रिसिबीको कारण बादविवाद हुँदा दोर्जेले कृष्ण बहादुरलाई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फुल्जोर र ईलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते कृष्ण बहादुरको लालबन्दीस्थित मोडेल अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस