गाउँ सहर

कपनबाट १४ लाख नगदसहित १० महिलासहित २९ जुवाडे पक्राउ

फाइल : तस्बिर

काठमाडौं । काठमाडौंको कपनस्थित सिमलटारबाट प्रहरीले १० महिलासहित २९ जना जुवाडेलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सिमलटारस्थित एक घरमा जुवा खेलिरहेको सूचना पाएपछि खटिएको प्रहरीले उनीहरुलाई १४ लाख नगदसहित पक्राउ गरेको हो ।

परिसरका प्रमुख एसएसपी अशोक सिंहका अनुसार जुवा खालबाट ३३ थान कौडा र तास समेत बरामद गरिएको छ ।

अहिले पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी वृत बौद्धमा राखेर थप अनुसन्धान भइरहेको एसएसपी सिंहले बताए ।

गाउँ सहर संवाददाता