झापामा नक्कली सर्टिफिकेट र छाप बनाउने, अनलाइन जुवा खेलाउने गिराेह पक्राउ
- गाउँ सहर संवाददाता
- ६ भदौ सोमबार, २०७९ | १७:१९:०० मा प्रकाशित
.jpeg)
काठमाडौं । झापाका विभिन्न ठाउँहरुमा अनलाइनमार्फत जुवा खेलाउने गरेको पाइएपछि प्रहरीले छापा मारेको छ । छापा मारेर ४ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरुमा पद्या इन्टरनेशनल कन्सलटेन्सीका सञ्चालक दमक नगरपालिका–८ का २५ वर्षीय सतप्रकाश साह, सोही कन्सलटेन्सीका अर्का सञ्चालक दमक–७ का २७ वर्षीय राजु श्रेष्ठ, योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियोका सञ्चालक झापाको कमल गाउँपालिका–२ का ३० वर्षीय अरुण कार्की र ब्रिटिस आर्मी ट्रेनिङ सेनटर दमकका सञ्चालक दमक नगरपालिका–८ का ३३ वर्षीय राजु लिम्बू छन् ।
उनीहरुले अन्य व्यक्तिको नागरिकताबाट एनसेलको सिम निकालेर उक्त सिमको प्रयोग गरी वान एक्स बेट एप्लिकेशनमार्फत अनलाइन जुवा खेलाएको झापा प्रहरीका प्रवक्ता डएिसपी वसन्त पाठकले जानकारी दिए ।
अनलाइन जुवाका लागि आवश्यक पर्ने रकम ईसेवामार्फत् कारोबार गर्ने र कन्सल्टेन्सीमा आउने विद्यार्थीहरुलाई प्रयोग गरेर जुवा खेलाउन गरेको प्रहरीको दाबी छ । यो गिरोहले सरकारी कार्यालय तथा जनप्रतिनिधिहरुका छाप नक्कली बनाउनेदेखि एसईईको सर्टिफिकेट समेत नक्कली बनाउने गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुविरुद्ध ‘मुलुकी अपराध संहिता २०७४’ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुर र परिच्छेद २५ को लिखतसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान सुरु गरिएको छ ।
पक्राउ परेका मध्ये सतप्रकाशले जुवा खेलाउनका लागि अन्य व्यक्तिको नामबाट सिमकार्ड निकाल्ने, उक्त सिममार्फत इसेवा आईडी खोल्न लगाएर त्यसमार्फत पैसाको कारोबार गर्ने गरेको पाइएको छ । सतप्रकाशको ईसेवा आइडीबाट मात्रै ८० लाख भन्दा बढीको कारोबार भएको खुलेको छ ।
राजु श्रेष्ठले, राज लिम्बू र अरुण कार्कीले भने कन्सल्टेन्सीमा आउने विद्यार्थीहरु प्रयोग गरी नक्कली छाप, सरकारी कागजात बनाउने गरेको पाइएको छ । उनलाई भदौ ३ गते दमक नगरपालिका–८ बाट पक्राउ गरिएको हो । उनीहरुबाट प्रहरीले मोबाइल, ल्यापटप, डेक्सटप, एनसेलका सिमलगायतका समानहरु बरामद गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस