गाउँ सहर

४४ हजार भन्दा बढी रकम सहित ट्रायल सेन्टरभित्रबाट चार जना जुवाडे पक्राउ

काठमाडाैं । प्रहरीले ट्रायल सेन्टरभित्र जुवातास खेलिरहेको अवस्थामा चार जनालाइ पक्राउ गरेकाे छ । नवलपरासी पूर्व कावासोती नगरपालिका ३ स्थित अक्सफोर्ड ट्रायल सेण्टरभित्र जुवातास खेलिरहेको अवस्थामा गोरखा भिमसेन थापा गाउँपालिका ५ घर भएका ३५ वर्षीय सन्दिप कुमार श्रेष्ठ लगायत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।

उक्त  ट्रायल सेण्टरभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ९ सय ७७ रूपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएकाे छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकाे छ । 

गाउँ सहर संवाददाता