अर्थतन्त्र

बुधबार सुनको भाउ सामान्य बढेको छ भने चाँदीको भाउ घट्याे

काठमाडाैं । बुधबार सुनको भाउ सामान्य बढेको छ भने चाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलामा ४०० रुपैयाँले बढ्दा चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९१ हजार ८०० र तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस्तै, बुधबार चाँदीको भाउ भने घटेको छ । यस दिन चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३२० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३३० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

गाउँ सहर संवाददाता