एक्सपाएर डेविड कार्ड प्रयोग गरी एटिएमबाट पैसा निकाल्ने २ जना पक्राउ
- गाउँ सहर संवाददाता
- २१ असार सोमबार, २०७८ | १९:०४:०० मा प्रकाशित
काठमाडौँ । एक्सपाएर डेविड कार्ड प्रयोग गरी एटिएमबाट पैसा निकालेको अभियोगमा २ जनालाई काठमाडौं महानगरपालिका-५ भत्केको पुलबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं भत्केको पुल बस्ने सोलुखुम्बु घर भएका ५७ वर्षीय जगत बहादुर गुरुङ र पर्सा घर भएका ३० वर्षीया सावित्री गुरुङ रहेका छन् ।
सिद्धार्थ बैंकको विभिन्न स्थानमा रहेको एटिम मेसिनबाट एक्सपाएर भएको डेविड कार्ड प्रयोग गरी पैसा निकालेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । साथै उनीहरुको साथबाट LLOYDS VISS Debit Card London र २१ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
उनीहरुले LOYDS VISS Debit Card London एक्सपाएर भएको कार्डबाट चावहिल, कालोपुल, हात्तिसार भाटभटेनी ईलाकामा रहेको एटिएमबाट ३४ लाख ३५ हजार रुपैयाँ निकालेको तथा निकालेको उक्त रकममध्ये १० लाख ५० हजार सहकारीमा राखेको अनुसन्धानबाट खुल्न आएको उक्त परिसरले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
प्रतिकृया दिनुहोस