गाउँ सहर

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने मोरङ वेलवारी नगरपालिका-७ घर भएका ३० वर्षीय शक्ति भुजेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७७ फागुन ५ गतेको फैसलाले १४ दिन कैद र ९२ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बोहोराटारबाट पक्राउ गरेको हो । २०७६ सालमा भुजेलले विभिन्न व्यक्तिहरुलाई अष्ट्रेलिया पठाइदिन्छु भनि रकम लिएको र उक्त रकम बराबरको चेक पीडितलाई पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी नविल बैंकमा रहेको निजको नामको खाताबाट भुक्तान हुने गरी पीडितलाई ९२ लाख रुपैंया बराबरको चेकहरु काटी दिएकोमा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त कैद तथा जरिवान ठहर गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।

झापा, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका-५ बस्ने ताप्लेजुङ घर भएका ३६ वर्षीय नरेन्द्र तिम्सिनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत बिराटनगर ईलाम इजलासको २०७७ चैत ३० गतेको फैसला बैंकिङ कसुर मुद्दामा १५ दिन कैद, ३४ लाख जरिवाना र पीडित राहत कोषमा १ लाख ३६ हजार रुपैयाँ दाखिला गर्नुपर्ने ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले ताप्लेजुङबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी झापा चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तनहुँ, ठगी मुद्दाका फरार प्रतिवादी व्यास नगरपालिका-११ रानीगाउँ बस्ने ४४ वर्षीय राम बहादुर बलकोटीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०६० पुस ८ गतेको फैसलाले २ वर्ष २ महिना कैद र १ लाख ७५ हजार १ सय १९ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत