कोरोनाबाट थप १९ को मृत्यु, कुल सक्रिय संक्रमितको संख्या २७ हजार ७१६, निको हुनेको प्रतिशत ९४.३
- गाउँ सहर संवाददाता
- १९ असार शनिबार, २०७८ | १६:२८:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । दैनिक मृतकको संख्या घटेको छ । तर केहि दिनको तुलनामा संक्रमितको संख्या बढेको छ ।
कोरोनाभाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ९ हजार १९८ पुगेको छ ।
यो मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट १० हजार १३३ को परीक्षण गरिएकोमा २ हजार ३२८ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ६ लाख ४३ हजार ५८० पुगेको छ । नयाँ संक्रमितमा ६०.६४ प्रतिशत पुरूष र ३९.३६ महिला छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६६ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ६ लाख ६ हजार ६६६ पुगेको छ । निको हुनेको प्रतिशत ९४.३ छ ।
मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा ६२७ को आइसियूमा र १८१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार देशमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ छ । अहिले होम आइसोलेशनमा रहनेको संख्या २७ हजार ७१६ र संस्थागत आइसोलेशनमा रहनेको संख्या २ हजार ९९४ छ । क्वारेन्टाइनमा रहेनेको संख्या २९५ छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २० वर्षदेखि ६० वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार दोस्रो खोपको मात्रा लगाउनेको संख्या ७ लाख ५७ हजार ९६२ रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस