कोरोनाबाट थप १९ को मृत्यु, कुल सक्रिय संक्रमितको संख्या २७ हजार ७१६, निको हुनेको प्रतिशत ९४.३
- गाउँ सहर संवाददाता
- १९ असार शनिबार, २०७८ | १६:२८:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । दैनिक मृतकको संख्या घटेको छ । तर केहि दिनको तुलनामा संक्रमितको संख्या बढेको छ ।
कोरोनाभाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ९ हजार १९८ पुगेको छ ।
यो मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट १० हजार १३३ को परीक्षण गरिएकोमा २ हजार ३२८ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ६ लाख ४३ हजार ५८० पुगेको छ । नयाँ संक्रमितमा ६०.६४ प्रतिशत पुरूष र ३९.३६ महिला छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६६ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ६ लाख ६ हजार ६६६ पुगेको छ । निको हुनेको प्रतिशत ९४.३ छ ।
मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा ६२७ को आइसियूमा र १८१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार देशमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ छ । अहिले होम आइसोलेशनमा रहनेको संख्या २७ हजार ७१६ र संस्थागत आइसोलेशनमा रहनेको संख्या २ हजार ९९४ छ । क्वारेन्टाइनमा रहेनेको संख्या २९५ छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २० वर्षदेखि ६० वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार दोस्रो खोपको मात्रा लगाउनेको संख्या ७ लाख ५७ हजार ९६२ रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस