काेराेनाभाइरसका कारण विश्वमा कुल संक्रमितमध्ये २ प्रतिशतकाे मृत्यु, थप ०.७ काे अवस्था गम्भीर
- गाउँ सहर संवाददाता
- १८ असार शुक्रबार, २०७८ | ०७:३९:०० मा प्रकाशित
काठमाडाैँ । काेराेनाभाइरसका कारण विश्वमा १८ कराेड ३३ लाख ९२ हजार १६३ जना प्रत्यक्ष संक्रमणमा परेका छन् । भाइरसका कारण अहिलेसम्म् मृत्युवरण गर्नेकाे संख्या ३९ लाख ७० हजार ७५६ पुगेकाे छ भने भाइरस जित्नेकाे संख्या १६ कराेड ७९ लाख ७ हजार ३०८ पुगेकाे छ ।
वर्ल्डाेमिटर्स डट इन्फाेकाेराेनाभाइरसका अनुसार, विश्वभर अहिले १ कराेड १५ लाख १४ हजार ९९ सक्रिय संक्रमित रहेका छन् । जसमा ०.७ प्रतिशत अर्थात ७८ हजार ७५३ काे अवस्था गम्भीर छ । ९९.३ प्रतिशत अर्थात १ कराेड १४ लाख ३५ हजार ३४६ काे भने सामान्य अवस्था छ ।
भाइरसका कारण पछिल्लाे समय मृत्युकाे दर बढेका राष्ट्रहरूमा अहिले केहि थामिएकाे अवस्था छ । ब्राजिलमा पछिल्लाे २४ घण्टामा १ हजार ९४३ जनाले ज्यान गुमाएका छन् भने भारतमा भाइरसका कारण मृत्यु हुनेकाे संख्या ७९६ छ । केहि राष्ट्रहरूमा अलि अगाडि मृत्युकाे घटना घटेपनि क्रमशः त्याे संख्या उक्लिँदै गएकाे छ ।
नेपालमा पछिल्लाे समय थप ३३ जनाकाे मृत्यु भएकाे छ । निषेधाज्ञा केहि खुकुलाे बनाइएकाे छ । देशमा ३१ हजार ३६८ सक्रिय संक्रमित रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
प्रतिकृया दिनुहोस