माधव-झलनाथ पक्ष ओलीले भोलि बाेलाएकाे केन्द्रीय कमिटी बैठकमा नजाने
- गाउँ सहर संवाददाता
- १७ असार बिहीबार, २०७८ | १९:२२:०० मा प्रकाशित
काठमाडाैं । नेकपा (एमाले) ले बोलाएको भोलि शुक्रबारका लागि बोलाएको केन्द्रीय कमिटी बैठकमा माधव-झलनाथ पक्षले नजाने निर्णय गरेको छ ।
बिहीबार बुद्धनगरस्थित एक ब्याङ्वेटमा बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नजाने निर्णय गरेको हाे ।
काठमाडाैंमा बसेको नेपाल–खनाल पक्षको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले निसर्त रूपमा पार्टीका सङ्गठनलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउनु पर्नेमा ओलीले नवौँ महाधिवेशनबाट आएका जनसङ्गठनमा पदाधिकारी थप्ने निर्णय गरेको भन्दै बैठकमा नजाने निर्णय गरेकाे हाे ।
महाधिवेशन आयोजक कमिटीका नाममा पदाधिकारी थप्ने र विभिन्न निर्णय गरेको भन्दै त्यस्ता निर्णय खारेज गर्न नेपाल–खनाल समूहले माग गरेको छ । नवौँ महाधिवेशनअनुसार र पार्टीको विधानअनुसार बैठक बोलाउन यो समूहले माग गरेको छ ।
एमालेको केन्द्रीय कमिटीको बैठक भोलि बस्दैछ । बैठकमा एमालेले वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाललाई पनि निम्तो पठाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
प्रतिकृया दिनुहोस