काेराेनाबाट थप ३३ जनाकाे मृत्यु, निकाे हुने प्रतिशत ९३.७
- गाउँ सहर संवाददाता
- १७ असार बिहीबार, २०७८ | १७:०१:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । दैनिक मृतकको संख्या घटेको छ । तर केहि दिनको तुलनामा संक्रमितको संख्या बढेको छ ।
कोरोनाभाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ९ हजार १४५ पुगेको छ ।
यो मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट १० हजार ९८५ को परीक्षण गरिएकोमा २ हजार ७६० नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ६ लाख ४० हजार ६६२ पुगेको छ । नयाँ संक्रमितमा ६०.६६ प्रतिशत पुरूष र ३९.३४ महिला छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १७ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ६ लाख १४९ पुगेको छ । निको हुनेको प्रतिशत ९३.७ छ ।

मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा ६२९ को आइसियूमा र १८१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार देशमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ छ । अहिले होम आइसोलेशनमा रहनेको संख्या २८ हजार ३७४ र संस्थागत आइसोलेशनमा रहनेको संख्या २ हजार ९९४ छ । क्वारेन्टाइनमा रहेनेको संख्या ३४५ छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २० वर्षदेखि ६० वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार दोस्रो खोपको मात्रा लगाउनेको संख्या ७ लाख ५६ हजार ६०२ रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस