अर्थतन्त्र

बिहीबार सुनको मूल्य आठ सय रुपैयाँले बढ्याे

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर ९० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाला सुनको मूल्य तोलाको ९० हजार थियो ।

तेजाबी सुनको मूल्य तोलामा सात सय ५० रुपैयाँले बढेर ९० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

गाउँ सहर संवाददाता