गाउँ सहर

संयुक्त विद्यार्थी संगठनद्वारा पाँच बुँदे मागसहित त्रिविकाे ध्यानाकर्षण

कामठाडाैं । उच्च शिक्षामा देखिएका समस्याको ध्यानाकर्षण र समाधानका निम्ति संयुक्त विद्यार्थी संगठनले आज त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटालाई शैक्षिक सवाल र विद्यार्थी हक हितका सन्दर्भका समसामयिक र महत्त्वपूर्ण बिषयमा ५ बुँदे  ज्ञापनपत्र बुझाइएको छ ।

ज्ञापनपत्रमा उल्लेखित र यसअघि विभिन्न विद्यार्थी सङ्गठनबाट एकल र संयुक्त रुपमा उठाएका मागहरु १० दिन भित्र पूरा गर्न संयुक्त विद्यार्थी संगठनको तर्फबाट माग गरिएको छ भने ज्ञापनपत्र बुझ्दै उपकुलपति बास्कोटाले राज्यले विश्वविद्यालय र शिक्षालाई पूर्णरुपले बेवास्ता गरेको शिक्षामा, लगानी वृद्धि नगेरेकोले प्रभावकारी भूमिका निर्बाह गर्न नसकिएको बताए । 

मागहरु सकारात्मक रहेकोले तत्काल पूरा गर्न विश्वविद्यालय प्रतिबद्ध रहेको उपकुलपति बास्कोटाले बताए ।

गाउँ सहर संवाददाता