काेराेना अपडेटः २४ घण्टामा ३ हजार ७ जना डिस्चार्ज, १ हजार ९२० संक्रमित थपिए, ३४ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- १३ असार आइतबार, २०७८ | १७:१२:०० मा प्रकाशित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार जनाको पीसीआर परीक्षणबाट १ हजार ३५३ र ३ हजार ८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी जम्मा १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये काठमाडौं उपत्यकमा ४२४ जना रहेका छन् । जसमा काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३००७ रहेको छ । संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् भने ९००९ जनाको मृत्यु भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस