जेसिबीको बकेटले हानी वडाअध्यक्षको हत्या गरेको अभियोगमा जेसिबी चालक पक्राउ
- गाउँ सहर संवाददाता
- १२ असार शनिबार, २०७८ | २०:५४:०० मा प्रकाशित

सर्लाही । ईश्वरपुर नगरपालिका-३ बाण टोलस्थित मुखलाल बाँध पोखरी खन्ने बिषयमा भएको बिवादमा जेसिबीको बकेटले हानी सोही वडाका वडाअध्यक्ष ५५ वर्षीय सूर्य कुमार श्रेष्ठको हत्या गरेको अभियोगमा जेसिबीका चालक हरिपुर नगरपालिका-१ हजारबिघा बस्ने रबिन तामाङ भन्ने ४० वर्षीय हर्कबहादुर गोलेलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त बिषयमा वडा अध्यक्ष सूर्य कुमारसँग जेसिबी ठेकदार ईश्वरपुर नगरपालिका-३ भक्तिपुर बस्ने ३१ वर्षीय प्रेमराज दाहाल, पोखरी ठेकदार सोही ठाउँ बस्ने ४० वर्षीय ईन्दल सहनी र जेसिबी चालक हर्कबहादुरबीच शुक्रबार राति बिवाद हुँदा हर्कबहादुरले आवेशमा आई जेसिबी स्टार्ट गरी वडाअध्यक्षलाई हानेर खाल्टोमा पुरेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी उपरीक्षक समेतको टोली खटिई गई वडा अध्यक्षलाई उद्दार गरी उपचारको लागि एम्बुलेन्सद्वारा जिल्ला अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनापछि भागी फरार रहेका चालक हर्कबहादुरलाई जिल्ला प्रहरी कार्यालय सर्लाही लगायत मातहत कार्यालय समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सर्लाही लालबन्दीमा फेला पारी पक्राउ गरेको हो ।
साथै प्रेमराज दाहाललाई अनुसन्धानको लागि नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस