जेसिबीको बकेटले हानी वडाअध्यक्षको हत्या गरेको अभियोगमा जेसिबी चालक पक्राउ
- गाउँ सहर संवाददाता
- १२ असार शनिबार, २०७८ | २०:५४:०० मा प्रकाशित
सर्लाही । ईश्वरपुर नगरपालिका-३ बाण टोलस्थित मुखलाल बाँध पोखरी खन्ने बिषयमा भएको बिवादमा जेसिबीको बकेटले हानी सोही वडाका वडाअध्यक्ष ५५ वर्षीय सूर्य कुमार श्रेष्ठको हत्या गरेको अभियोगमा जेसिबीका चालक हरिपुर नगरपालिका-१ हजारबिघा बस्ने रबिन तामाङ भन्ने ४० वर्षीय हर्कबहादुर गोलेलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त बिषयमा वडा अध्यक्ष सूर्य कुमारसँग जेसिबी ठेकदार ईश्वरपुर नगरपालिका-३ भक्तिपुर बस्ने ३१ वर्षीय प्रेमराज दाहाल, पोखरी ठेकदार सोही ठाउँ बस्ने ४० वर्षीय ईन्दल सहनी र जेसिबी चालक हर्कबहादुरबीच शुक्रबार राति बिवाद हुँदा हर्कबहादुरले आवेशमा आई जेसिबी स्टार्ट गरी वडाअध्यक्षलाई हानेर खाल्टोमा पुरेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी उपरीक्षक समेतको टोली खटिई गई वडा अध्यक्षलाई उद्दार गरी उपचारको लागि एम्बुलेन्सद्वारा जिल्ला अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनापछि भागी फरार रहेका चालक हर्कबहादुरलाई जिल्ला प्रहरी कार्यालय सर्लाही लगायत मातहत कार्यालय समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सर्लाही लालबन्दीमा फेला पारी पक्राउ गरेको हो ।
साथै प्रेमराज दाहाललाई अनुसन्धानको लागि नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस