रामेछापका निवर्तमान सांसद श्रेष्ठमाथि ‘कमिसन’ लिएकाे आरोप, उनी भन्छन्- ‘कल्पना पनि गर्न नसकिने कुरा’
- गाउँ सहर संवाददाता
- ९ असार बुधबार, २०७८ | १९:२५:०० मा प्रकाशित
रामेछाप । रामेछापका निवर्तमान सांसद (प्रतिनिधिसभा सदस्य) श्यामकुमार श्रेष्ठले जिल्लाकाे एक विद्यालयको घेरबारका लागि विनियोजन गरिएको रकममा कमिसन लिएको तथ्य बाहिरिएको छ ।
रामेछाप नगरपालिका वडा नम्बर- ४, स्थित रेणुकादेवी माध्यमिक विद्यालयको घेरबारका लागि विनियोजन गरिएको ४० लाख रुपैयाँमध्ये सांसद श्रेष्ठले २२ लाख रुपैयाँ कमिसन लिएकाे विद्यालय व्यवस्थापन समितिले आरोप लगाएको छ ।
नेकपा माओवादी केन्द्र रामेछापका इन्चार्ज समेत रहेका श्रेष्ठले भने उक्त कुराकाे प्रतिराेध गरेका छन् । उनले बुधबार प्रेस बक्तव्य जारी गर्दै आफ्नो चरित्र हत्या गर्न गलत हल्ला चलाइएको बताएका छन् । उनले जिल्लाको लागिको विकासको लागि सक्दो प्रयास गरिरहेको बताउँदै आफ्नो चरित्र हत्या गर्ने गरी हल्ला फैलाइएको दाबी गरेका छन् ।
आफूले कुनै पनि योजनाबाट कमिसन वापतको रकम नलिएको र यस्तो कुरा कल्पना पनि गर्न नसकिने उल्लेख गर्दै भनेका छन्-"यस प्रकारकाे अनियमितताकाे कार्य गर्नु त के कल्पनासमेत गर्न नसकिने कुरा प्रष्ट गर्न चाहन्छु । १३ वर्षको उमेरदेखि राजनीतिक कार्यक्रर्ताको रुपमा आवद्ध हुँदै भ्रष्टाचार शून्य सहनशीलताको जागरण गर्दै हिँडिरहेको अवस्थामा नेकपा माओवादी मूल नेतृत्व सम्हाली रहेको अवस्थामा राजनीतिक आग्रह र पूर्वाग्रहप्रति उत्प्रेरित नहुन सबैमा आग्रह गर्दछु" विज्ञप्तीमा भनिएको छ ।
यस्ताे थियाे जनता टेलिभिजनमा प्रसारित भिडिओ समाचार (स्राेत -जनता टेलिभिजन)
यस्ताे छ श्रेष्ठले खण्डन गरेकाे बक्तव्य

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस