रामेछापका निवर्तमान सांसद श्रेष्ठमाथि ‘कमिसन’ लिएकाे आरोप, उनी भन्छन्- ‘कल्पना पनि गर्न नसकिने कुरा’
- गाउँ सहर संवाददाता
- ९ असार बुधबार, २०७८ | १९:२५:०० मा प्रकाशित

रामेछाप । रामेछापका निवर्तमान सांसद (प्रतिनिधिसभा सदस्य) श्यामकुमार श्रेष्ठले जिल्लाकाे एक विद्यालयको घेरबारका लागि विनियोजन गरिएको रकममा कमिसन लिएको तथ्य बाहिरिएको छ ।
रामेछाप नगरपालिका वडा नम्बर- ४, स्थित रेणुकादेवी माध्यमिक विद्यालयको घेरबारका लागि विनियोजन गरिएको ४० लाख रुपैयाँमध्ये सांसद श्रेष्ठले २२ लाख रुपैयाँ कमिसन लिएकाे विद्यालय व्यवस्थापन समितिले आरोप लगाएको छ ।
नेकपा माओवादी केन्द्र रामेछापका इन्चार्ज समेत रहेका श्रेष्ठले भने उक्त कुराकाे प्रतिराेध गरेका छन् । उनले बुधबार प्रेस बक्तव्य जारी गर्दै आफ्नो चरित्र हत्या गर्न गलत हल्ला चलाइएको बताएका छन् । उनले जिल्लाको लागिको विकासको लागि सक्दो प्रयास गरिरहेको बताउँदै आफ्नो चरित्र हत्या गर्ने गरी हल्ला फैलाइएको दाबी गरेका छन् ।
आफूले कुनै पनि योजनाबाट कमिसन वापतको रकम नलिएको र यस्तो कुरा कल्पना पनि गर्न नसकिने उल्लेख गर्दै भनेका छन्-"यस प्रकारकाे अनियमितताकाे कार्य गर्नु त के कल्पनासमेत गर्न नसकिने कुरा प्रष्ट गर्न चाहन्छु । १३ वर्षको उमेरदेखि राजनीतिक कार्यक्रर्ताको रुपमा आवद्ध हुँदै भ्रष्टाचार शून्य सहनशीलताको जागरण गर्दै हिँडिरहेको अवस्थामा नेकपा माओवादी मूल नेतृत्व सम्हाली रहेको अवस्थामा राजनीतिक आग्रह र पूर्वाग्रहप्रति उत्प्रेरित नहुन सबैमा आग्रह गर्दछु" विज्ञप्तीमा भनिएको छ ।
यस्ताे थियाे जनता टेलिभिजनमा प्रसारित भिडिओ समाचार (स्राेत -जनता टेलिभिजन)
यस्ताे छ श्रेष्ठले खण्डन गरेकाे बक्तव्य

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
प्रतिकृया दिनुहोस