अर्थतन्त्र

सुनचाँदी घटेर कतिमा काराेबार हुँदैछ ?

काठमाडाैं । आज सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले घटेर ९० हजार ७ सयमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलाकाे ९१ हजार रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको १३ सय रुपैयाँमा कारोबार भएको थियो ।

गाउँ सहर संवाददाता