अर्थतन्त्र

शेयरबजारका कुरा : नेप्से ६३ अंकले घट्दा काराेबार रकम ११ अर्ब ८१ करोड

काठमाडौं । साताकाे पहिलाे दिन आज (आइतबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अधिकांश कम्पनीको सेयर मूल्यमा ठूलो गिरावट देखिएको छ ।

यसदिन नेप्से ६३.११ अंकको गिरावट आएको छ । यससँगै नेप्से २९०५.४६ अंकमा थामिएको छ ।

कारोबार भएका कम्पनीमध्ये २०० वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ भने १७ वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । त्यसैगरी ११ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिन २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता सेयर ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८८ रुपैयाँमा कारोबार भएको छ ।

आज ५ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि आएको छ । जसमा गुराँस फाइनान्स लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक, नेशनल हाइड्रोपावर लिमिटेड, रु रु जलविद्युत परियोजना र तारागाउँ रिजेन्सी लिमिटेड रहेका छन् ।  

आजको कारोबारको सर्वाधिक गुमाउने कम्पनीमा युनियन हाइड्रोपावर लिमिटेर रहेको छ । यो दिन विकास बैंक, फाइनान्स कम्पनी र जलविद्युत् कम्पनीको सेयरमा ठूला गिरावट देखिएको छ ।

सबैभन्दा धेरै नेपाल रि इन्स्योरेन्स कम्पनीको काराेबार भएकाे छ । 

गाउँ सहर संवाददाता