वातावरण

शुक्रबार हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडाैँ । २०७८ असार ४ गते (शुक्रबार) दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।

यस्तै राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।

गाउँ सहर संवाददाता