किन्निहो डटकम इकमर्श वेवसाइट सुभारम्भ, सबै सामान एकै ठाउँमा उपलब्ध हुने
- गाउँ सहर संवाददाता
- २ असार बुधबार, २०७८ | १६:०८:०० मा प्रकाशित
काठमाडौँ । दैनिकरुपमा प्रयोग हुने सम्पूर्ण सामानहरू भरपर्दो र विश्वाशिलो माध्यमबाट एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले नयाँ इकमर्श वेवसाइट किन्निहो डटकम (kinniho.com) सुरुभएको छ ।
कोरोना महामारीबीच बढ्दै गएको इ–कमर्श व्यवसायमा सबै किसिमका ग्राहकहरुलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले बुधबारदेखि नयाँ इकमर्श वेवसाइट सुरुगरेको कम्पनीले जनाएको छ ।
कम्पनीले आफ्नो वेवसाइटमा सबै प्रकारका ल्यापटप, मोबाइललगायतका इलेक्ट्रोनिक्स, स्टेशनरी र अफिस सप्लाई, सौन्दर्य, खेल तथा मनोरंजनसम्बन्धी सामग्रीहरु उपलब्ध गराएको छ भने आफ्नै मार्ट पनि सुचारु गरेको छ ।
किन्निहोले ग्राहक सेवालाई मध्यनजर गर्दै सबै किसिमका सामानहरु सुपथ मूल्यमा उपलब्ध गराउनुका साथै सुचारु भएको एक महिनासम्म फ्री डेलिभरी सेवा पनि प्रदान गर्ने कम्पनीका सिईओ नरेश पोखरेलले बताए ।
उनले नयाँ वेवसाइटमा सबै किसिमका पेमेन्ट गेटवेहरुबाट अनलाईन पेमेन्ट गर्न सकिने र विदेशमा समेत डेलिभरी दिइने बताए ।
कम्पनीले विगत एक दशकदेखि न्यू मुक्तिनाथ ट्रेडर्स एण्ड सप्लायर्सको नामबाट थोक तथा खुद्रा ब्यवसायको रुपमा कागज तथा पब्लिकेशनका लागि चाहिने सम्पूर्ण सामान बिक्री वितरण गर्नुका साथै घरायसी सामान, किचनवेयर, ईलोक्ट्रोनिक सामान तथा अन्य वस्तु तथा सेवा उपलब्ध गराउँदै आएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस