शिक्षा

आंशिक प्राध्यापकको मागमा विश्वविद्यालय गम्भीर भएन, असार ९ गतेबाट कक्षा बहिष्कार

काठमाडौँ । विभिन्न समयमा सम्झौता गर्ने अनि कार्यान्वयन नगर्ने गर्दै आएको त्रिभुवन विश्वविद्यालय गम्भीर नभएकाे भन्दै आंशिक प्राध्यापकहरुले असार ९ गतेबाट कक्षा बहिष्कार गर्ने भएका छन् ।

उसले विज्ञप्ति जारी गरी सो कुरा बताएको हो ।

जारी विज्ञप्तिमा "लामो समयदेखि यस विश्वविद्यलयको उच्चशिक्षामा अहोरात्र खटेर प्राज्ञिक योगदान गर्दै आएका आंशिक प्राध्यापकहरुलाई विभिन्न समयमा लिखित सम्झौता गरेर पनि कार्यान्वयन पक्षमा विश्वविद्यालय गम्भीर नभएको विषयप्रति मुख्य ध्यानाकर्षण भएको छ ।" 

सम्झौतालाई गम्भीर रुपमा ग्रहण नगरेकोले अषाढ ९ गतेपछि त्रिविले संचालन गरेको सम्पूर्ण अनलाइन कक्षा बहिष्कार गर्ने उनीहरुले विज्ञप्तिमा भनेका छन् ।

गाउँ सहर संवाददाता