दृष्‍टिकोण

त्रिभुवन विश्वविद्यालय : हाम्रो सम्पदा, सरोकारवालाको सदिच्छा के छ !

त्रिभुवन विश्वविद्यालय नेपालको राष्ट्रिय सम्पदा मध्ये एक हो । स्थापना कालदेखिनै देशको राजनीतिक, आर्थिक, सांस्कृतिक, प्राज्ञिक फाँटमा यस विविबाट तयार गरिएका दक्ष जनशक्तिले देश र विदेशमा महत्त्वपूर्ण योगदान गर्दै आएको छ ।

हालयस विविका केन्द्रीय पदाधिकारीहरूका अधिकाँश पदहरू रिक्त रहेको अवस्थामा छन् । भिसी पदपूर्तिको लागि निवेदन आह्वान गरिएकोमा ४३ जना भिसी बन्न इच्छुक विद्वानहरूको नामावली छापामा छ्यापछ्याप्ति भइसकेका छन् । जनभावनाको कदरगर्दै त्रिविले सुयोग्य र सक्षम उपकुलपति पाउन् भनी कुलपति महोदयको चासो र चिन्ता अनुसारको अभिभावकीय निर्देशन सर्च कमिटीले पाएकाेअवस्था छ ।

यसैबीच भूपू भिसी लगायत केही वरिस्ट प्राध्यापकहरूले उपकुलपति नियुक्तिबारे आ-आफ्ना अवधारणा सम्माननीय प्रधानमन्त्री समक्ष राख्ने सुअवसरपनि पाए ।

रमेश मल्लजीको फेसबुकको पोस्ट अनुसार "उपकुलपतिको लागि सरकारले विज्ञापनमा भर पर्ने होइन, सर्च कमिटीमार्फत योग्य व्यक्तिहरू खोज्नुपर्छ" भन्ने सुझाव सारगर्भित बुझिन्छ । यसबाट प्राध्यापकहरूले भिसी चयनमा परेका आवेदन संगै थप वैकल्पिक बाटोअप्नाउन संकेत गरेको पनि अर्थ लगाइन्छ ।

जे होस, सरोकारवालासबैलाई विविमा राजनीतिककरण धेरै भयो, त्रिविलाई विशुद्ध प्राज्ञिक संस्थाको रूपमा कायाकल्प गर्नु पर्यो भने विद्यार्थी, शिक्षक, कर्मचारीलगायत सबैको चाहना छ ।

यथार्थको धरातलमा उभिएर सोच्ने हो भने योग्य र सक्षम मात्रै होइन त्रिविमा सर्वव्यापी प्रभाव रहेका दलहरूको पनि चयन प्रक्रियामा मंशाय बुझ्नु सान्दर्भिक नै ठहरिन्छ । सर्वमान्य ( all party acceptable) उम्मेदवार पाउन कठिन मात्र होइन असंभव हो तर ठिक ठिकै स्वीकृतयोग्य (Generally acceptable) ब्यक्ति खोजि गर्न आवेदकहरू समेतलाई समेटी सर्च कमिटीलाई थप कार्यादेश दिन सकिन्छ ।

त्रिभुवन विश्वविद्यालयलाई सपार्ने हो भने दीर्घकालीन उपाय त्रिविको पुनसंरचना (Restructuring) नै हो । हाललाई Adhoc समाधानका लागि विभिन्न दलका नजिक रहेका अनुदान आ‍योगका पूर्व अध्यक्ष, भिसी, त्रिविमा सक्रिय पहिलेका छात्रनेता र हालका पक्ष र विपक्ष दलका केही पदाधिकारीहरू सम्मिलितको विचार अनौपचारिक रूपमा बुझ्नु सान्दर्भिक ठहरिनेछ ।

त्रिविले VC, Rector र Registrar सम्मिलित seamless process मा काम गर्ने एउटा team पावोस भन्ने सरोकारवालाको सदिच्छा छ ।

यस सन्दर्भमा सम्बन्धित सबैले Outside the box सोच्ने सही समय यो होइन र !

तपाईँको मत