आज सातै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउँदै
- गाउँ सहर संवाददाता
- १ असार मंगलबार, २०७८ | ०९:२६:०० मा प्रकाशित
काठमाडाैं । आज सातै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउँदै छन् ।
असार १ गते प्रदेश सरकारहरुले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। त्यहिअनुसार आज सबै प्रदेश सरकारले बजेट ल्याउन लागेका हुन् ।
पाँच प्रदेशको नीति तथा कार्यक्रम पारित भइसकेको छ। नयाँ सरकार बनेको गण्डकीमा पनि सोमबार नीति तथा कार्यक्रम पेश भएको थियो । गण्डकीको नीति तथा कार्यक्रम आज पारित गरिने भएको छ ।
त्यस्तै, कर्णाली प्रदेशको नीति तथा कार्यक्रम पनि आज पारित गर्ने कार्यसूची रहेको छ। यसका लागि आज दिउसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ। नीति तथा कार्यक्रम पारित भएपछि बजेट पेश गर्ने कार्यसूची रहेको छ ।
कोरोना महामारी नियन्त्रण, संक्रमितको उपचार लगायत स्वाथ्य पुर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट ल्याइने प्रदेश सरकारले जनाएका छन् ।
प्रदेश १, प्रदेश २, बाग्मती र सुदूरपश्चिम प्रदेशको बैठक दिउँसो ३ बजे बोलाइएको छ। लुम्बिनी प्रदेशको बैठक दिउँसो ४ बजे बोलाइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
प्रतिकृया दिनुहोस