आज सातै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउँदै
- गाउँ सहर संवाददाता
- १ असार मंगलबार, २०७८ | ०९:२६:०० मा प्रकाशित

काठमाडाैं । आज सातै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउँदै छन् ।
असार १ गते प्रदेश सरकारहरुले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। त्यहिअनुसार आज सबै प्रदेश सरकारले बजेट ल्याउन लागेका हुन् ।
पाँच प्रदेशको नीति तथा कार्यक्रम पारित भइसकेको छ। नयाँ सरकार बनेको गण्डकीमा पनि सोमबार नीति तथा कार्यक्रम पेश भएको थियो । गण्डकीको नीति तथा कार्यक्रम आज पारित गरिने भएको छ ।
त्यस्तै, कर्णाली प्रदेशको नीति तथा कार्यक्रम पनि आज पारित गर्ने कार्यसूची रहेको छ। यसका लागि आज दिउसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ। नीति तथा कार्यक्रम पारित भएपछि बजेट पेश गर्ने कार्यसूची रहेको छ ।
कोरोना महामारी नियन्त्रण, संक्रमितको उपचार लगायत स्वाथ्य पुर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट ल्याइने प्रदेश सरकारले जनाएका छन् ।
प्रदेश १, प्रदेश २, बाग्मती र सुदूरपश्चिम प्रदेशको बैठक दिउँसो ३ बजे बोलाइएको छ। लुम्बिनी प्रदेशको बैठक दिउँसो ४ बजे बोलाइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
प्रतिकृया दिनुहोस