प्रधानमन्त्रीलाई पूर्वमन्त्री गिरीकाे प्रश्नः ‘के नेपाली जनताले यी सब घटनालाई बिर्सीसके भन्ने ठानिएको हो ?’
- गाउँ सहर संवाददाता
- ३१ जेठ सोमबार, २०७८ | २१:२१:०० मा प्रकाशित
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा पूर्वमन्त्री दिलनाथ गिरीले पाँच प्रधानमन्त्रीका संयुक्त विज्ञप्ति प्रधानमन्त्री केपी ओलीले बाह्र बुँदे संझौता खारेज गरे बेरोजगार भइन्छ भन्ने त्रासको उपज भएको बताएका छन् ।
‘पाँच पूर्वप्रधानमन्त्रीका नेपालको आन्तरिक मामिलामा वाह्य हस्तक्षेप सह्य हुने छैन भन्ने विचार स्वागतयोग्य छ । तर, उहाँहरूकै नेतृत्वमा विगतमा प्रत्यक्ष वैदेशिक हस्तक्षेप भित्रिएको छ । ती घटनाक्रम नेपालीहरूको मानसपटलमा ताजै छन्,’ राप्रपा कार्यसम्पादन समिति सदस्य गिरीले सोमबार भने ।
गिरीको भनाइमा, लोभलालच र विदेशीको प्रलोभनमा परी महाकाली सन्धि, चालीस लाख विदेशीलाई नागरिकता, बाह्र बुँदे संझौता, राजसंस्था र हिन्दुराष्ट्रलाई किनारा लगाई राष्ट्रघात गरीएको हो । सत्र हजार निर्दोष मानिसको हत्या र हिंसाजन्य गतिविधि त्यसै दुष्कर्मको निरन्तरता हो ।
‘के नेपाली जनताले यी सब घटनालाई बिर्सीसके भन्ने ठानिएको हो ?’ गिरीले सामाजिक संजालमा पाँच प्रधानमन्त्रीलाई प्रश्न गर्दै भने ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
प्रतिकृया दिनुहोस