‘पहिले खाेप अनिमात्र ढुवानी’
- गाउँ सहर संवाददाता
- ३० जेठ आइतबार, २०७८ | १५:०८:०० मा प्रकाशित

काठमाडाैं । ट्यांकर चालकले आन्दोलन गरेपछि वाग्मती प्रदेशमा पेट्रोलियम ढुवानी अवरुद्ध गरेका छन् ।
खोपको व्यवस्था नभएसम्मका लागि भन्दै नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघको आह्वानमा संघको वाग्मती प्रादेशिक कार्यालय थानकोटबाट जिल्ला र पम्पहरुमा हुने पेट्रोलियम ढुवानी आइतबारदेखि रोकिएको छ ।
चालकको आन्दोलनका कारण प्रादेशिक डिपोमा अमलेखगञ्ज डिपो र बरौनीबाट हुने ढुवानीसमेत अवरुद्ध भएको छ ।
खोपको व्यवस्था नभएसम्मका लागि इन्धन ओसार–पसार कार्य स्थगित गरिएको नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले जानकारी दिए ।
‘हाम्रो सुरक्षामा सरकारले उदासीनता देखाइयो, कयौं साथीहरु अझै गम्भीर संक्रमण भएर बसेका छन् । अमलेखगञ्जमा एक जना चालकको ज्यान गयो । खाेपकाे प्रवन्ध नभएसम्म ढुवानी गर्दैनाैँ । पहिले खाेप अनि ढुवानी,’ अध्यक्ष लामाले भने ।
उनका अनुसार आइतबारदेखिनै थानकोट डिपोबाट तेल ढुवानी गरिएको छैन ।
खोप उपलब्धताका लागि पटक–पटक आयल निगम र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई माग गरेपनि हालसम्म पेट्रोलिय व्यवसाय क्षेत्रमा खोप उपलब्ध हुन नसकेको व्यवसायीहरूले बताएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस