मनमाेहन अस्पतालले भन्याे- डाक्टरहरूकाे अथक प्रयासले पनि बचाउन सकिएन, भ्रम नछरियाेस्
- गाउँ सहर संवाददाता
- ३० जेठ आइतबार, २०७८ | १३:४३:०० मा प्रकाशित

काठमाडाैं । मनमाेहन मेमाेरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, स्वयम्भूले उपचारका क्रममा एक युवतीलाई डाक्टरहरूकाे समूहले अथक प्रयासले पनि बचाउन नसकिएकाे विषयलाई केही व्यक्तिहरूले अहिले बिरामीहरूका आफन्तलाई भ्रममा पारेर नयाँ माेड दिन खाेजिएकाे भन्दै अस्पतलाले कुनै आशंका नगर्न र भ्रम नछर्न भनेकाे छ ।
अस्पतालले भनेकाे छ- "उपचार गर्न आएकी २१ वर्षकी नेहा तुलाधरकाे जाँचकाे क्रममा पित्तथैलीकाे पत्थरीमा समस्या तथा हेमाेलाइटिक जन्डिससमेत रहेकाे र विभिन्न चेकजाँच गराउँदा शल्यक्रियाकाे लागि उचित भएकाे कारण बिरामीकाे आफन्तसँग आवश्यक परामर्श गरि जेठ २५ गते शल्यक्रिया गरिएकाे हाे । शल्यक्रियाकाे २ दिनपछि Sepsis (DIC) का कारण उहाँकाे स्वास्थ्य बिग्रँदै गएकाे र नीज बिरामीलाइ अथक प्रयासका बाबजूद बचाउन नसकिएकाे जानकारी गराइन्छ ।"
अस्पतलाले यसै घटनालाइ परिवारका सदस्यहरूलाई केही व्यक्तिहरूले प्रभावमा पारि समस्या सिर्जना गरि नयाँ माेड दिन खाेजेकाे भन्दै उपचारक्रममा भएकाे सबै कुरा परिवारलाई पनि जानकारी गराइएकाे थाहा भएकाेले भ्रममा नपर्न अवगत गराएकाे छ ।
"नीजकाे नाताले ठूलाेबुबा पर्ने सुनिल तुलाधरलाई अडियाे तथा श्रव्यदृष्यसहित जानकारी गराइएकाे र साेही बमाेजिम मृतक तुलाधरकाे शव बुझिलिन नीजकाे परिवार तयार भई यस अस्पतलाकाे सबै बुझाउनुपर्ने दायित्वसमेत चुक्ता गरिसकेकाे व्यहाेरा जानकारी गराइन्छ । साे बावजूद विभिन्न व्यक्तिहरूकाे प्रभावमा आइ समस्यालाई नयाँ माेड दिन प्रयास गरिएकाे" विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
प्रतिकृया दिनुहोस