काेराेनाभाइरसबाट थप ६१ जनाकाे मृत्यु, निको हुने दर ८६.९ प्रतिशत
- गाउँ सहर संवाददाता
- २९ जेठ शनिबार, २०७८ | १६:४७:०० मा प्रकाशित

काठमाडाैँ । नेपालमा गत २४ घण्टामा काेराेनाभाइरसबाट मृत्यु हुनेकाे संख्या ६१ रहेको छ । याेसहित कुल मृतककाे संख्या ८३६६ पुगेकाे छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साेहि अवधिमा ३३८४ कोरोनाभाइरसका सङ्क्रमितहरू थपिएका छन् । याेसहित कुल संक्रमितकाे संख्या ६०६७७८ पुगेकाे छ । सोही अवधिमा ६२९५ जना सङ्क्रमण मुक्त भएका छन् । याेसहित कुल निकाे हुनेकाे संख्या ५२७१११ पुगेकाे छ ।
मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत २४ घण्टामा कुल १४४९४ जनाको परीक्षण गरिएको थियो । ती मध्ये ८५०६ जनाको पीसीआर र ५९८८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।
पछिल्लो समय कोभिड हुनेहरूमध्ये सबभन्दा धेरै उमेर समूह २१ देखि ४० वर्षको रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
नेपालमा निको हुने दर ८६.९ प्रतिशत छ भने मृत्यु दर १.६ प्रतिशत रहेको छ ।
त्यसैगरी कुल सङ्क्रमितमध्ये महिला ४० प्रतिशत जति र पुरुष ६० प्रतिशतजति रहेका छन् ।
हाल आइसीयूमा रहेका विरामीको सङ्ख्या ११८९ रहेको छ भने भेन्टिलेटरमा ३६६ जना रहेको मन्त्रालयको तथ्याङ्क छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस