काेराेनाभाइरसबाट थप ६१ जनाकाे मृत्यु, निको हुने दर ८६.९ प्रतिशत
- गाउँ सहर संवाददाता
- २९ जेठ शनिबार, २०७८ | १६:४७:०० मा प्रकाशित
काठमाडाैँ । नेपालमा गत २४ घण्टामा काेराेनाभाइरसबाट मृत्यु हुनेकाे संख्या ६१ रहेको छ । याेसहित कुल मृतककाे संख्या ८३६६ पुगेकाे छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साेहि अवधिमा ३३८४ कोरोनाभाइरसका सङ्क्रमितहरू थपिएका छन् । याेसहित कुल संक्रमितकाे संख्या ६०६७७८ पुगेकाे छ । सोही अवधिमा ६२९५ जना सङ्क्रमण मुक्त भएका छन् । याेसहित कुल निकाे हुनेकाे संख्या ५२७१११ पुगेकाे छ ।
मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत २४ घण्टामा कुल १४४९४ जनाको परीक्षण गरिएको थियो । ती मध्ये ८५०६ जनाको पीसीआर र ५९८८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।
पछिल्लो समय कोभिड हुनेहरूमध्ये सबभन्दा धेरै उमेर समूह २१ देखि ४० वर्षको रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
नेपालमा निको हुने दर ८६.९ प्रतिशत छ भने मृत्यु दर १.६ प्रतिशत रहेको छ ।
त्यसैगरी कुल सङ्क्रमितमध्ये महिला ४० प्रतिशत जति र पुरुष ६० प्रतिशतजति रहेका छन् ।
हाल आइसीयूमा रहेका विरामीको सङ्ख्या ११८९ रहेको छ भने भेन्टिलेटरमा ३६६ जना रहेको मन्त्रालयको तथ्याङ्क छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस