वातावरण

काठमाडाैँमा झरी, एक दुई दिनमानै मनसुन देशैभरी फैलिने

काठमाडाैँ । बंगालको खाडी आसपास विकशित भएको Low Pressure Area (न्यून चापीय क्षेत्र)का कारण मिति २०७८/०२/२८ गते बाट नेपालको पूर्वी भूभागहरुः प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा मनसुनको आगमन (Monsoon Onset) भएको जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । एक दुई दिनमानै मनसुन देशैभरी फैलिने सम्भावना रहेको छ ।

अहिले काठमाडाैँलगायत विभिन्न स्थानमा वर्षा भइरहेकाे छ ।

विभागले भनेकाे छ, आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा, केहि स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन अनुराेध छ ।

गाउँ सहर संवाददाता