गाउँ सहर
दाउ प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
- गाउँ सहर संवाददाता
- २८ जेठ शुक्रबार, २०७८ | २१:३३:०० मा प्रकाशित
ईलाम । आफ्नै श्रीमती ४६ वर्षीया सुर्जामाया तामाङलाई धारिलो हतियार दाउ प्रहार गरी हत्या गरेको अभियोगमा देउमाई नगरपालिका-४ चित्रे डेरा गरी बस्ने भोजपुर ओख्रे घर भएका ४५ वर्षीय ताक बहादुर तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ताक बहादुरले आफ्नै श्रीमतीलाई दाउ प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले उनलाई हतियार सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस