गाउँ सहर

थपिए काठमाडाैं उपत्यकामा ११४० कोरोना संक्रमित, तथ्याँकमा यस्ताे छ

काठमाडाैं । काठमाडौं उपत्यकामा शुक्रबार थप १ हजार १ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका ९२१, ललितपुरका १६३ तथा भक्तपुरका ५६ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी देशभर पछिल्लो चौबीस घन्टामा थप ३ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

शुक्रबार ५ हजार २ सय २५ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर ७५ हजार २७५ सक्रिय संक्रमित रहेका छन् ।

गाउँ सहर संवाददाता