पाँचथरमा युवा पुस्ताको धेरै ठूलो समर्थन छः राप्रपा उम्मेद्वार सगुन सुन्दर लावती
- गाउँ सहर संवाददाता
- १ मङ्सिर बिहीबार, २०७९ | १३:३८:०० मा प्रकाशित

पाँचथर । पाँचथर प्रदेशसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुन सुन्दर लावतीको जित सुनिश्चित देखिएको छ । मतदाताहरु पार्टीभन्दा असल र इमान्दार उम्मेद्वारको पक्षमा उभिएका कारण राप्रपा प्रवक्ता लावतीको पक्षमा व्यापक जनसमर्थन देखिएको हो ।
पाँचथर (ख) मा युवा नेता लावतीको पक्षमा नयाँ उभार आएको छ । स्थानीय जनता पुराना दल र दलका नेता, प्रतिनिधिबाट वाक्क दिक्क छन् । विकल्प खोज्ने र मत बदल्ने क्रम विकसित भएको अवस्थामा लावती विजय हुने सुनिश्चित भएको हो । प्रतिभाशाली योग्य युवा उम्मेद्वारको रुपमा खडा भएकाले युवा पुस्ताको धेरै ठूलो समर्थन रहेको प्रवक्ता सगुन सुन्दर लावतीको भनाइ छ ।
एमाले, माओवादीका उम्मेद्वारहरु पाँचथरका अभिभावक पद्मसुन्दर लावतीले जस्तै विकास गर्ने भन्दै भोट माग्दै छन् ।यस्तो अवस्थामा नेता लावतीकै छोरा सगुन सुन्दर लावतीलाई विजय गराउनु न्यायसंगत हुने आम धारणा छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस