राजनीतिक तहमा कोर्स करेक्सन आवश्यकः नेता लावती
- गाउँ सहर संवाददाता
- १५ असोज शुक्रबार, २०७८ | २१:०४:०० मा प्रकाशित

पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले राजनीतिक तहमा कोर्स करेक्सन आवश्यक रहेको बताएका छन् ।
‘परिवर्तनको नाममा अवलम्बन गरिएको मार्गचित्रले देशलाई विकास र निकास दिन सकेन । सुख र समृद्धि पनि प्राप्त भएन,’ कार्य सम्पादन सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष लावतीले राप्रपाको हिलिहाङ गाउँपालिका परिषद भेलालाई सम्बोधन गर्दै शुक्रबार भने ।
‘यसैले राष्ट्र र राष्ट्रियताका निम्ति मार्गचित्र परिवर्तन गर्नुको विकल्प देखिएन,’ सचिवालय सदस्य समेत रहेका नेता लावतीले जोरपोखरीमा सम्पन्न भेलामा बोल्दै भने ।
‘अहिलेको मार्गचित्र सही रुपमा अघि बढेको छैन । जे पनि हुन सक्ने संभावना छ । पद्धतिलाई नै लिएर शंका उपशंका व्याप्त छ, देश तरल अवस्थामा छ । राजसंस्था पूनस्र्थापना नभइ देशमा अमन चयन कायम नहुने देखिन्छ,’ केन्द्रीय सदस्य मानदेव केरुङले भने ।
‘कांग्रेस, कम्युनिष्टसँग प्रतिष्पर्धा गर्न र जनताको अपेक्षा पूरा गर्न राप्रपा भित्र एकता कायम गरेर अघि जानु पर्दछ । तर केही साथीहरु कुुण्ठा र पूर्वाग्रहमा रुमल्लिएका छन् । कसैको आरिस गर्नु सही आचरण होइन, यसले कसैलाई लाभ गर्दैन,’ उनले भने ।
‘एक समय हामीलाई खुला हिँड्न कठिन थियो । पार्टी स्थापना गर्न हामीले ठूलो संघर्ष र कठिनाइ व्यहोर्यौ । अहिले पनि राप्रपालाई उचाईमा पुर्याउन संघर्ष जारी राख्नेछौं,’ सह–अध्यक्ष राजकुमार जोशीले भने ।
‘केन्द्रको भ्रष्टाचार गाउँ गाउँ पुगेको छ । त्यसकारण युवाहरुलाई साथ लिएर राप्रपाले देशमा विकल्प दिनु पर्दछ । यो मिलेर अघि बढ्ने समय हो, विभाजन ल्याउने बेला होइन,’ जिल्ला सदस्य कमल चेम्जोङले भने ।
‘पद्मसुन्दर लावतीको पदचिन्हमा राप्रपालाई सबल बनाउनु आवश्यक रहेको छ । पार्टी कार्यकर्ता र जनताको चाहना नै यही हो,’ भेलाका अध्यक्ष मन कुमार थापाले भने ।
परिषद भेलाले तिल बहादुर (सचिन्द्र) योङहाङलाई हिलिहाङ अध्यक्ष पदमा निर्वाचित गर्यो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस