कर्तव्यनिष्ठ नेताहरुको अभावले पार्टी र समाजलाई अपूरणीय क्षति : राप्रपा
- गाउँ सहर संवाददाता
- १२ माघ सोमबार, २०७७ | ०९:२९:०० मा प्रकाशित

पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथरले कर्तव्यनिष्ठ जिल्ला नेताहरुको अभावले पार्टी र समाजलाई अपूरणीय क्षति भएको बताएको छ ।
'सिद्धान्तनिष्ठ, वचनका पक्का र स्थानीय तहका कुशल संगठनकर्ता कृष्णबहादुर योङहाङ, जीतबहादुर अगुवा र हर्कबहादुर नेम्बाङको असामयिक निधनले पार्टी र सिंगो समाजलाई अपुरणीय क्षति भएको छ । पार्टीले यस्ता जिम्मेवार नेता कार्यकर्ता जन्माउनु धेरै लगानी र परिश्रम गनु पर्ने हुन्छ,' केन्द्रीय कार्य सम्पादन सदस्य सगुन सुन्दर लावतीले फिदिमस्थित राप्रपा पार्टी कार्यालयमा आयोजित श्रद्धान्जली सभालाई सम्बोधन गर्दै भने ।
दिवंगत जिल्ला नेताहरुको सुकिर्ती भावी पुस्ताका लागि मार्गनिर्देश हुने नेता लावतीले बताए ।
राप्रपा पाँचथरका जिल्ला उपाध्यक्ष कृष्णबहादुर योङहाङ, जिल्ला सदस्यहरु जीतबहादुर अगुवा र हर्कबहादुर नेम्बाङको स्मृतिमा आयोजित श्रद्धान्जली सभामा वक्ताहरुले दिवंगत नेताहरुको योगदान र व्यकि्तत्वबारे चर्चा गरे ।
विकासप्रेमी नेता स्वर्गीय पद्मसुन्दर लावतीका सहयात्रीका रुपमा योङहाङ, अगुवा र नेम्बाङले पाँचथरमा लामो समय क्रयाशील राजनीति गरे । आफ्नो जिम्मेवारी पूरा गर्ने नेताका रुपमा तीनैजना स्थापित थिए, केन्द्रीय सदस्य मानदेव केरुङले सो अवसरमा भने ।
राप्रपा पाँचथरका अध्यक्ष राजकुमार जोशीको अध्यक्षतामा सम्पन्न श्रद्धान्जली सभामा राप्रपा ताप्लेजुङका अध्यक्ष डिल्ली विष्ट, उपाध्यक्ष गायत्री थेबे र राप्रपा इलामका जिल्ला सदस्य भवानी योङयाको समेत उपसि्थति थियो ।
राप्रपा हिलिहाङ अध्यक्ष जीतबहादुर कटवाल, हर्कबहादुर नेम्बाङकी सुपुत्री अप्सना नेम्बाङले श्रद्धान्जली अर्पण गर्दै मन्तव्य प्रस्तुत गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस