बुटवल मुस्लिम युवा संयोजक अब्दुल राज्यकको नेतृत्वमा लकडाउनमा असहायहरूलाई राहत वितरण
- गाउँ सहर संवाददाता
- २६ जेठ बुधबार, २०७८ | १५:१२:०० मा प्रकाशित

रूपन्देही । रूपन्देही बुटबल उपमहानगरपालिका भित्र गत साल कोरोना भाईरसको माहामारीका कारण बन्दाबन्दी भएको अवस्थामा माहामारीका कारण कोही असहाय, अशक्त र गरिबहरू भोकभोकै मर्न नपरोस भन्ने भावनाका साथ गतसाल बाट सुरू गरिएको राहत सामाग्री वितरणले यसपटकपनि निरन्तरता पाएकाे छ ।
गत सालको माहामारी र बन्दाबन्दीको अवस्थामा २११ गरिब, असक्त, असाहयका घरपरिवारलाई १ महिना सम्म पुग्ने गरि १ बोरा चामल, दाल, चिनि, सोयाविन तेल र भुजा लगायत राहत सामाग्री वितरण गरिएको थियो भन्छन् उक्त मुस्लिम समाजका युवा संयोजक अब्दुल राज्यकक ।
बुटवल मुस्लिम समाजका युवा संयोजक राज्यकका भनाई अनुसार उनको नेतृत्वमा बिगतको लकडाउनमा जस्तै यसपालीको लकडाउनमा पनि उक्त राहत वितरण कार्यक्रमलाई निरन्तरता दिईरहेको उनी बताउँछन् । यसपालीको बन्दाबन्दीमा दैनिक १२० देखि १५० खानाको प्याकेट वितरण गर्दै आएका छन् ।
यो राहत वितरण कार्यक्रम बुटवल उपमहानगरपालिका भित्रका गरिब, असहाय र असक्तहरूका लागि बन्दाबन्दीको समयसम्म संचालन गर्ने बताएका छन् । यस राहत वितरण कार्यक्रमलाई सुव्यवस्थित तरिकाले संचालन गर्नका लागि मुस्लिम समाज बुटवल तथा विभिन्न व्यक्ति विशेषको आर्थिक तथा भौतिक सहयोग रहेको कुरा उनले बताएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस