बुटवल मुस्लिम युवा संयोजक अब्दुल राज्यकको नेतृत्वमा लकडाउनमा असहायहरूलाई राहत वितरण
- गाउँ सहर संवाददाता
- २६ जेठ बुधबार, २०७८ | १५:१२:०० मा प्रकाशित
रूपन्देही । रूपन्देही बुटबल उपमहानगरपालिका भित्र गत साल कोरोना भाईरसको माहामारीका कारण बन्दाबन्दी भएको अवस्थामा माहामारीका कारण कोही असहाय, अशक्त र गरिबहरू भोकभोकै मर्न नपरोस भन्ने भावनाका साथ गतसाल बाट सुरू गरिएको राहत सामाग्री वितरणले यसपटकपनि निरन्तरता पाएकाे छ ।
गत सालको माहामारी र बन्दाबन्दीको अवस्थामा २११ गरिब, असक्त, असाहयका घरपरिवारलाई १ महिना सम्म पुग्ने गरि १ बोरा चामल, दाल, चिनि, सोयाविन तेल र भुजा लगायत राहत सामाग्री वितरण गरिएको थियो भन्छन् उक्त मुस्लिम समाजका युवा संयोजक अब्दुल राज्यकक ।
बुटवल मुस्लिम समाजका युवा संयोजक राज्यकका भनाई अनुसार उनको नेतृत्वमा बिगतको लकडाउनमा जस्तै यसपालीको लकडाउनमा पनि उक्त राहत वितरण कार्यक्रमलाई निरन्तरता दिईरहेको उनी बताउँछन् । यसपालीको बन्दाबन्दीमा दैनिक १२० देखि १५० खानाको प्याकेट वितरण गर्दै आएका छन् ।
यो राहत वितरण कार्यक्रम बुटवल उपमहानगरपालिका भित्रका गरिब, असहाय र असक्तहरूका लागि बन्दाबन्दीको समयसम्म संचालन गर्ने बताएका छन् । यस राहत वितरण कार्यक्रमलाई सुव्यवस्थित तरिकाले संचालन गर्नका लागि मुस्लिम समाज बुटवल तथा विभिन्न व्यक्ति विशेषको आर्थिक तथा भौतिक सहयोग रहेको कुरा उनले बताएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
प्रतिकृया दिनुहोस