वल्र्ड लिंककाे सहयाेगमा सार्वजनिक स्थलमै मनाेपरामर्श, सचेतना कार्यक्रम
- गाउँ सहर संवाददाता
- १५ भदौ शनिबार, २०८१ | १०:१९:०० मा प्रकाशित
.jpeg)
विराटनगर । स्वस्थ समाजका लागि मानसिक स्वास्थ्य आवश्यक पर्ने आवश्यकतालाई ध्यान दिँदै साइकाेलाेजी फाउण्डेसन वल्र्ड लिंक कम्युनिकेसन (Psychdesk Foundation Wordlink Communications) को सार्वजनिक स्थलमा सचेतना कार्यक्रम गरिएकाे छ ।
विराटनगरमा "Sidewalk Talk" कार्यक्रम, Psychdesk Foundation र Worldlink Communications को सहकार्यमा, स्थानीय बासिन्दाहरूका लागि खुलेर कुराकानी गर्न, अनुभवहरू साझा गर्न, र एक अर्कालाई समर्थन गर्नको लागि कार्यक्रम गरिएकाे हो ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर परिसरमा मनोविज्ञानका विद्यार्थीहरुले Sidewalk Talk कार्यक्रम आयोजना गरेका हुन् ।
अनौपचारिक यस्ताे कार्यक्रम सार्वजनिक स्थानहरूजस्तै पैदल मार्ग, पार्कहरू र सामुदायिक स्थलहरूमा गरिएकाे थियाे ।
प्राध्यापक, मनोपरामर्शविद् एवम् चर्चित लेखक डा. नरेन्द्रसिंह ठगुन्नासहितकाे समूहले गरेकाे याे कार्यक्रमले मानिसहरूलाई जोड्ने, मानसिक स्वास्थ्यको महत्त्व बुझाउने, र समाजमा फैलिएको कलंकलाई हटाउने उद्देश्य राखिएकाे हाे ।
कार्यक्रममा २७५ जना सहभागीले मनो-सामाजिक परामर्शबाट लाभ लिएका डा. ठगुन्नाले बताए । कार्यक्रममा मनोविज्ञान विषयमा अध्ययनरत विद्यार्थीहरूलाई परामर्श र सहायताका विविध पक्षबारे जानकारी गराउँदै तालिममापश्चात जनमानसका कुराहरु सुन्ने वातावरण बनाइएकाे थियाे |
आजको द्रुत गतिमा चलिरहेको जीवनशैलीले गर्दा एकलोपन र मानसिक स्वास्थ्यसम्बन्धी मुद्दाहरू अझ गम्भीर हुँदै गएका छन् । यस चुनौतीलाई सम्बोधन गर्दै, "Sidewalk Talk" कार्यक्रमले सबैलाई समावेश गरेर, संवादलाई प्रोत्साहन दिने बताउँदै डा. ठगुन्नाले भने- 'विभिन्न पृष्ठभूमिका व्यक्तिहरूले यहाँ आफ्ना भोगाइहरू साझा गर्न, अनुभवहरूबाट सिक्न, र एकअर्कासँग भावनात्मक समर्थन आदानप्रदान प्रेरित गरिएकाे थियाे । जसले समाज जाेड्न सहयाेग पुग्ने विश्वास छ ।'
कार्यक्रमले डिप्रेशन जस्ता मानसिक स्वास्थ्य अवस्थाहरूबारे सचेतना फैलाउने, खुला संवादको माध्यमबाट कलंकलाई कम गर्ने र मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने वातावरण बनाउने उद्देश्य राखेको थियाे ।
"Sidewalk Talk" Global Listening Project को सिद्धान्तलाई आत्मसात गर्दै, सामुदायिक सदस्यहरूलाई सुन्ने, बुझ्ने र समर्थन गर्नेप्लेटफर्म हो, जसले मानिसहरूलाईवास्तविक सम्बन्धहरू बनाउन र जीवनलाई अझअर्थपूर्ण बनाउन मद्दत पुर्याउँछ ।
परामर्श तालिम दिँदै कार्यक्रममा प्राध्यापक, मनोपरामर्शविद् एवम् लेखक डा. नरेन्द्रसिंह ठगुन्नाले विद्यार्थीहरूलाई मानसिक स्वास्थ्यको महत्त्व, मनोसामाजिक समस्याहरूको पहिचान र समाधानका उपायहरूबारे प्रशिक्षण प्रदान गरे ।
डा. ठगुन्नाले युवा अवस्थाका चुनौतीहरूको सामना गर्न आत्मबल वृद्धि गर्नुपर्नेमा जोड दिँदै विद्यार्थीहरूलाई आत्मविश्वास र परामर्श कौशलको विकास गर्न प्रेरित पनि गरे ।
इन्टरनेट सेवा प्रदायक संस्था वर्डलिङ्क कम्युनिकेशनको मनोसामाजिक कोषद्वारा आयोजित कार्यक्रमका सहजीकरणकर्ता चेतन खड्काले मानसिक स्वास्थ्यलाई सुदृढ बनाउन परामर्श कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उनका अनुसार यो कार्यक्रमले सहभागीहरूको मानसिक स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्न सहयोग पुर्याएको बताए ।
कार्यक्रममा मनोविद् डा. कामेश्वर यादव, वर्डलिङ्क कम्युनिकेशनकी समनी सुवेदी र मनोसामाजिक कार्यकर्ता रूविना विसुन्केको पनि उपस्थिति रहेको थियो । उनीहरूले मनोविज्ञान विद्यार्थीहरूलाई मानसिक स्वास्थ्यको क्षेत्रमा अघि बढ्न मार्गदर्शन गर्दै युवावस्थामा देखापर्ने समस्याहरूको सामना गर्न सहयोगी हुने खालका सन्देशहरू बाँडेका थिए ।
मानसिक स्वास्थ्यकाे लागि सचेतना फैलाउन इन्टरनेट सेवा प्रदायक संस्था वर्डलिङ्क कम्युनिकेशनले मनोसामाजिक कोषद्वारा काठमाडाैं, विराटनगर, पाेखरा, र धनगढीजस्ता ठूला सहरमा आत्महत्या राेकथाम र मनाेसामाजिक जनचेतना र तालिम प्रदान गर्दै सघाउ गर्दै आएकाे छ ।
वर्डलिङ्क कम्युनिकेशनले यस कार्यक्रमलाई अभियानकै रूपमा अगाडी बढाइरहेकाे जनाउँदै राज्यले ठूलाे लगानी गर्नुपर्ने क्षेत्रमा निजी क्षेत्रबाट पनि सानाे प्रयास स्वरूप मानसिक स्वास्थ्य सचेतनालाई प्राथमिकतामा राखिएकाे जनाएकाे छ ।
वल्र्ड लिङ्क निजी क्षेत्रकाे वृहत इन्टरनेट प्रदायक कम्पनी हाे । सञ्चारमाध्यमको तर्फबाट सबैभन्दा बढि कर तिर्ने कम्पनीको रुपमा नेपाल सरकार तथा आन्तरिक राजस्व विभागबाट पनि सम्मानित भइसकेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज प्रतिनिधिसभाको बैठक बस्दै
- बेलिब्रिजको उद्घाटन गर्न प्रधानमन्त्री हुम्ला, जोडियो राष्ट्रिय सडक सञ्जालमा
- ग्लोबल आईएमई समुन्नत योजना–२ को सार्वजनिक निष्काशन र बिक्री खुल्ला
- एएफसी महिला एसियन कप छनाेटकाे नजिक पुगरे चुक्याे नेपाल
- आज यी प्रदेशमा भारी वर्षाकाे पूर्वानुमान, सतर्कता अपनाउनु आग्रह
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
प्रतिकृया दिनुहोस