निरन्तर उकालाे यात्रामा शेयरबजार, लगानीकर्तामा उच्च मनाेबल
- गाउँ सहर संवाददाता
- २५ जेठ मंगलबार, २०७८ | १५:५०:०० मा प्रकाशित

काठमाडौं । मंगलबारको नेप्से परिसूचक ५३.४४ अंकले बढेर हालसम्मकै उच्च अंक २९६०.१४ अंकमा पुगेको छ ।
लगातार बढिरहेको बजारमा मंगलबार विकास बैंक र फाइनान्स कम्पनीको लगानीकर्ता मालामाल भएका छन् । यो दिन ३ करोड ५७ लाख ४२४ कित्ता सेयर १६ अर्ब ९५ करोड १३ लाख २० हजार ६४० रुपैयाँमा कारोबार भएको छ ।
यो दिन १५१ वटा कम्पनीको सेयर मूल्इ बढेको छ भने ५८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ९ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यो दिन तीन दर्जन कम्पनीका सेयरमा सकारात्मक सर्कट लागेको छ । हिमालयन जनरल इन्स्योरेन्स, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, जानकी फाइनान्स सांग्रिला डेभलपमेन्ट, मुक्तिनाथ विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंकको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट देखिएको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनी भएको छ । यसको एक अर्ब ६ करोड २३ लाख १२ हजारको कोरोबार भएको छ ।
त्यसैगरी ज्योति विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक। प्रोग्रेसिभ फाइनान्स , मल्टिप्रपोज फाइनान्स, गुहेश्वरी फाइनान्स, गुडविल फाइनान्स, महालक्ष्मी विकास बैंक, मञ्जुश्री फाइनान्सलगायतका कम्पनीको सेयरमा पनि सकारात्मक सर्किट लागेको छ ।
त्यसैगरी मेरो माइक्रोफाइनान्स, हिमाल दोखला हाइड्रोपावर कम्पनी, सामूदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा गिरावट देखिएको छ ।
शेयरबजार निरन्तर उकालाे लाग्नुमा लकडाउनका कारण अन्य क्षेत्रको लगानी पूँजीबजारमा भित्रिएकोले बजार बढीरहेको विश्लेषण पनि लगानीकर्ताहरुले गरिरहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
प्रतिकृया दिनुहोस