राजनीति

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, विपक्षमा ९ मतमात्र

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् ।

मुख्यमन्त्री पदमा निरन्तरताका लागि मंगलबार प्रदेशसभामा भएको मदतानमा उनले विश्वासको मत प्राप्त गर्न सफल भएका हुन् ।

आजको प्रदेशसभा बैठकमा उनको पक्षमा ३० र विपक्षमा ९ मत परेको हो । १२ प्रदेशसभा सदस्य रहेको नेपाली कांग्रेस भने तटस्थ बसेको हो । सुदूरपश्चिम प्रदेशसभामा ५२ सदस्य  छन् ।

एमालेको खनाल-नेपाल समूहले भोट दिएपछि मुख्यमन्त्री भट्टले विश्वासको मत पाएका हुन् । मतदानमा ५१ जना सांसद नै उपस्थित रहेका थिए ।

गाउँ सहर संवाददाता