अर्थतन्त्र

एनआईसी एशियाकाे बैंकमा अनलाइन खाता खाेल्ने प्रतियोगिता सहभागी भएर ५० हजार जित्ने मौका

काठमाडाैं । एनआईसी एशिया बैंकले कोरोनाभाइरसकोे महामारीका बेला घरमै बसेर अनलाइन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ दुईवटा ‘अनलाइन अकाउन्ट ओपनिङ च्यालेन्ज’ प्रतियोगिता सार्वजनिक गरेको छ । 

आज जेठ २३ देखि असार १९ गतेसम्म सञ्चालन हुने यी दुई प्रतियोगितामध्ये सबैभन्दा कम समयमा अनलाइन खाता खोल्ने एकजनालाई आइफोन–१२ तथा १० जनालाई स्मार्टवाच र यस बैंकको अनलाइन खाता खोल्ने प्रक्रियाबारे उत्कृष्ट भिडियो बनाई युटुबमा अपलोड गर्ने दुईजनालाई जनही रू. ५० हजार नगद जित्ने मौका रहेको छ।  ‘अनलाइन अकाउन्ट ओपनिङ च्यालेन्ज’ का लागि सहभागीले जतिसक्दो कम समयमा बैंकको वेबसाइटमार्फत सफलतापूर्वक खाता खोल्नुपर्नेछ । 

प्रतियोगितामा कसरी सहभागी हुने ?

 क. यस बैंकको वेबसाइटबाट खाता खोल्ने प्रक्रिया पूरा गर्ने ।

ख. Account Progression मा गई आफ्नो रिफरेन्स कोड राखेर खाता खोल्ने स्टेप १ देखि Submitted सम्म देखिने गरी Screenshot लिने ।

ग. बैंकको आधिकारिक फेसबुक पेजमा रहेको Pinned पोस्टको कमेन्टमा Challenge Accepted लेखि आफ्ना ५ जना साथीलाई Tag गरी उक्त Screenshot पोस्ट गर्ने ।

घ. सहभागीले उक्त Pinned पोस्टलाई आफ्नो टाइमलाइनमा #GharBataiOnlineKhata तथा #NICASIABANK उल्लेख गरी सार्वजनिक रुपमा सेयर गर्ने ।

ङ. यस बैंकको फेसबुक पेज र उक्त Pinned पोस्टलाई लाइक गर्ने ।

यस प्रतियोगिता अवधिभर हरेक साता दुई/दुई जना तथा प्रतियोगिता अवधिभर छोटो समयमा खाता खोल्ने १० जनालाई छनोट गरी बैंकले प्रत्येकलाई एक/एकवटा स्मार्टवाच प्रदान गर्नेछ र उत्कृष्ट १० जनामध्ये पनि कम समयमा खाता खोल्नुहुने एकजना भाग्यमानी ग्राहकलाई आइफोन–१२ प्रदान गरिने योजना रहेको छ ।

भिडियो च्यालेन्जका लागि भने युट्युबमा भिडियोहरू अपलोड गर्ने युट्युबरहरू यस बैंकको अनलाइन खाता खोल्ने प्रक्रिया एवं यसका योजनाहरूबारे भिडियो वा ब्लग बनाई यस प्रतियोगितामा सहभागी हुन सक्नेछन् । भिडियो बनाउँदा बैंकको ‘सहज रुपमा अनलाइन खाता प्रक्रिया’ एवं ‘महामारीको बेला बैंक पुगेर खाता खोल्दाका चुनौती’ बारेमा सहभागीले खुलेर प्रस्तुति दिनुपर्ने हुन्छ । सहभागीले आफूसँग रहेको कौशल प्रयोग गर्दै रचनात्मक भिडियो तयार पारी युट्युबमा यस बैंकको आधिकारिक युट्युब च्यानललाई ट्याग गरी #GharBataiOnlineKhata एवं #NICASIABANK उल्लेख गरी भिडियो अपलोड गर्नुपर्नेछ । सहभागी भएका भिडियोहरूमध्ये रचनात्मक भिडियो र सबैभन्दा धेरै पटक (न्यूनतम २ हजार पटक) हेरिएको भिडियोलाई जनही रू. ५० हजारका दरले नगद पुरस्कार प्रदान गरिनेछ । 

बैंकले मुलुकभर रहेका ३५२ शाखा कार्यालय, ४७१ एटीएम, ७५ वटा विस्तारित काउन्टर एवं ८० वटा शाखारहित बैंकिङमार्फत करिब २७ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत