कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ८९ हजार २१७, थप ९९ जनाको मृत्यु, निको हुने दर ८३.५ प्रतिशत
- गाउँ सहर संवाददाता
- २३ जेठ आइतबार, २०७८ | १६:५४:०० मा प्रकाशित

काठमाडौँ । कोरोनाभाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ९९ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ७ हजार ८९८ पुगेको छ ।
यो मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट १३ हजार ७३३ को परीक्षण गरिएकोमा ३ हजार ४७९ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ६ लाख १९३ पुगेको छ ।
नेपालमा सरदर २८.९ प्रतिशत सङ्क्रमण दर रहेको छ ।
काठमाडाैँ उपत्यकामा मात्र पछिल्लाे २४ घण्टामा १ हजार १३१ नयाँ संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६ हजार ६३६ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ४ लाख ९१ हजार ९ पुगेको छ । निको हुने दर ८३.५ प्रतिशत रहेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा ८९ हजार २१७ सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा १ हजार ४४२ को आइसियूमा र ३८१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या ८२ हजार ७०३ र संस्थागत आइसोलेशनमा रहनेको संख्या ६ हजार ५१४ छ ।
पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न धेरै स्थानहरुमा कडा निषेधाज्ञा जारी गरिएको छ भने काठमाडौँ उपत्यकामा केहि खुकुलो गरिएको छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २१ वर्षदेखि ५० वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ । तर पहिलेको भन्दा अवस्था सुधार हुँदै गएको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयका अनुसा ४७ जिल्लाहरू ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरू छन् जहाँ थप निषेघाज्ञाकाे आवश्यकता छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस