संवैधानिक इजलास पुनर्गठन, संवैधानिक इजलास प्रधानन्यायाधीशसहित पाँचजना
- गाउँ सहर संवाददाता
- २३ जेठ आइतबार, २०७८ | ११:०६:०० मा प्रकाशित
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलास पुनर्गठन गरिएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलास पुनर्गठन गरिएको हो ।
संवैधानिक इजलासमा अब प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहनेछन् ।
यसअघि गत पुस ५ गतेको प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धा सुनुवाइका लागि गठित इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीमाथि स्वार्थ बाझिने भन्ने प्रश्न उठेको थियो । विगतमा कार्की महान्यायाधिवक्ता रहेका कारण प्रधानमन्त्रीविपक्षी रहेको मुद्दामा स्वार्थ बाझिने भन्दै रिट निवेदकपक्षका कानुनव्यावासायीले प्रश्न उठाएपछि उनले इजलास छाडेका थिए ।
यस्तै, प्रधानन्यायाधीश जबरापछि वरिष्ठताको क्रममा चौथो नम्बरमा रहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ पनि संवैधानिक इजलासमा परेका छैनन् । परिवारमा कोरोना संक्रमित रहेकाले आइसोलेसनमा बस्नु परेकाकारण श्रेष्ठ इजालसमा नपरेको सर्वोच्चअदालतले बताएको छ ।
यसरी कार्की नपरेपछि खतिवडा र श्रेष्ठ नपरेपछि भट्टराई संवैधानिक इजालसमा परेका हुन् ।
प्रतिनिधिसभा विघटनको मुद्दामा आज सुनुवाइ हुँदै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा जेठ ८ गते मध्यरातमा राष्ट्रपति विद्या भण्डारीले संसद् विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा ३० वटा रिट परेका छन् ।
ती रिटमा गत १३ गतेदेखि सुरु भएको प्रारम्भिक सुनुवाइ मंगलबारदेखि स्थगित छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलासमा राखेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठका विषयमा विपक्षका तर्फबाट पूर्वमहान्यायाधिवक्तासहित वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि विवाद सुरु भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवा पद चैट
- शेयरबाजरः ५ अर्ब ७ करोडको कारोबार तर १९ अंकले घट्यो
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
प्रतिकृया दिनुहोस