स्वास्थ्य

काठमाडौँ उपत्यकामा अब काेराेनाभाइरसका २२ हजार ४४ सक्रिय संक्रमित मात्र

काठमाडौँ । काठमाडौँ उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर) मा अब काेराेनाभाइरसका २२ हजार ४४ सक्रिय संक्रमित मात्र रहेको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौँमा १३ हजार १५९, भक्तपुरमा ३ हजार ७६७ र ललितपुरमा ५ हजार ११८ सक्रिय संक्रमित रहेका हुन् ।

यी तीन जिल्लामा अहिलेसम्म कुल संक्रमितको संख्या २ लाख ६८ हजार ८६१ पुगेकाे छ । यसमा निको हुनेको संख्या २ लाख २४ हजार ३२२ छ भने मृतकको संख्या २ हजार ४८५ छ ।

गाउँ सहर संवाददाता