मन्त्रिपरिषद् पुनर्गठन : तीन उपप्रधानमन्त्रीसहित नयाँ मन्त्रीहरूले लिए सपथ
- गाउँ सहर संवाददाता
- २१ जेठ शुक्रबार, २०७८ | २०:५७:०० मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । ओलीले आफूसँग प्रधानमन्त्रीसहित थप सात मन्त्रालय राखेर तीन जना उपप्रधानमन्त्री तोकेका छन् ।
आज पुनर्गठित मन्त्रीमण्डलमा १७ जना मन्त्री बनेका छन् । उनीहरूलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी हुन् ।
जसपाको अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षबाट ८ मन्त्री र दुई राज्यमन्त्री बनेका छन् । महतो उपप्रधानसहित सहरी विकास मन्त्री बनेका छन् । ओलीले मन्त्रीमण्डलमा मन्त्रीहरु विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ, वसन्त कुमार नेम्वाङ र लिलानाथ श्रेष्ठ दोहोरिएका छन् ।
विष्णु पौडले उपप्रधानमन्त्री बनेका छन् । त्यस्तै रघुवीर महासेठलाई पनि उपप्रधानमन्त्रको जिम्मेवारी दिइएको छ । यससँगै ओली नेतृत्वको सरकारमा तीन उपप्रधानमन्त्री भएका छन् । त्यस्तै पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन भने ओली स्वयम्ले राखेका छन् ।
जसपाको तर्फबाट शरत सिहं भण्डारी उर्जा, अनिल झा खानेपानी , बिमल श्रीवास्तव– श्रम, उमाशंकर अरगरिया वन, लक्ष्मण लाल कर्ण भुमिसुधार, चन्दा चौधरी महिला, एकबाल मियाँ युवार चन्द्रकान्त चौधरीले उर्जा राज्यमन्त्री र रेणुका गुरुङले महिला राज्यमन्त्रीको सपथ लिएका हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
- दसैंका लागि अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि
प्रतिकृया दिनुहोस