गाउँ सहर

नेविसंघकाे पहलमा सिन्धुपाल्चाेकमा स्वास्थ्य सामाग्री सहयाेग

सिन्धुपाल्चाेक । नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री तथा नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता बलदेब तिमल्सिना ले "काेभिड-१९ को महामारी विरुद्धको हाम्रो अभियान" अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाका ६ वटै वडाका स्वास्थ्य चौकी र आइसोलेसन सेन्टरमा स्वास्थ्य सामग्रीहरु सहयाेग गरेका छन् । 

तिमल्सिनाले शुक्रबार गाउँपालिका तथा वडाभित्र रहेका स्वास्थ्य संस्था,आइसोलेसन सेन्टरमा पालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठ, उपाध्यक्ष दुर्गादेवी नेपाल, वडा अध्यक्ष, स्वास्थ्य कार्यालयका प्रमुख तथा प्रतिनिधि एवम् नेपाली कांग्रेसका नेताहरुको उपस्थितिमा हस्तान्तरण गरेका हुन् ।

कोरोना संक्रमणबाट मुक्त भएलगत्तै सामाजिक सञ्जालमार्फत सकारात्मक अभियानमा सशक्त पैरवी गर्न सफल धुस्कुन स्पेसल (Facebook Group) को नेतृत्व र समन्वयमा संचालित सहयोग अभियानमा सहभागी हुँदै संघका महामन्त्री तिमल्सिना र उनको नेतृत्वमा संकलित स्वास्थ्य सामग्री संक्रमित र प्रभावितहरु समक्ष पुर्याउने र तत्कालको आवश्यक्तालाई केही हदसम्म पूर्ती गराउने गरि शुरु गरिएको थियाे । अभियान र अवसरका निम्ति सम्पूर्ण सहयोगीहरु, धुस्कुन स्पेसल र यसमार्फत यो अभियानमा जोडिनुहुने सबै अभियन्तालाई धन्यवाद दिँदै तिमल्सिनाले महामारीकाे बेला सहयाेगी हातहरूप्रति आभार व्यक्त गरेका छन् । 

सामग्री बितरण अभियानमा नेविसंघ महाराजगंज क्याम्पस इकाई सचिव सुमित बोहरा, संघका नेताहरु समीर लामा, सोनाम तामाङ, रामहरी नेपाल, तरुणा दलका नेता जोगवीर भण्डारी लगायत अभियानमा जुटेकाे थियाे । धुस्कुन स्पेसलको अभियानमार्फत सहयोगीहरुद्वारा कोषमा निरन्तर नगद तथा अन्य सहयोग संकलन भइरहेको र सो रकम संक्रमण नियन्त्रणमा उपयुक्तता बमोजिम खर्च गरिने अभियन्ता सहदेव भणडारीले बताए ।

त्रिपुरासुन्दरी गाउँपालिकाकाको वडा नं १-घोर्थलीमा स्वास्थ्य चौकी, वडा नं.२ चोकटीमा स्वास्थ्य चौकी, वडा नं.३ धुस्कुनमा स्वास्थ्य चौकी र आइसोलेसन सेन्टर, वडा नं.४ पिस्करमा स्वास्थ्य चौकी र आइसोलेसन सेन्टरमा संयुक्त,वडा नं.५ तौथलीमा स्वास्थ्य चौकी र वडा नं.६ टेकानपुरमा स्वास्थ्य चौकी र आइसोलेसनका निम्ति हस्तान्तरण गरिएको छ । 

वितरित सामग्रीको यस प्रकार छन्: १.सर्जिकल मास्क-१०,००० पिस २. N-95 -१००० पिस ३. Antigen kit covid-19- ५० पिस ४. PPE SET -११० पिस ५.अक्सिमिटर -७ पिस ६. स्यानिटाइजर -५००ML -१० बोतल, १०० ML-१००बोतल ७. कपडाको मास्क -४०० पिस ८. डिजिटल थर्मामिटर -५ पिस ९. सिटामोल -५ बक्स १०.जिबन जल -१०० पाकेट ११. ग्लोब्स -१० बक्स १२. औषधिहरु:२ बाक्सा (५०प्रकारका औषधीहरु) १३.खाद्यान्न सामग्री १४.भरिएको अक्सिजन सिलिन्डर (५० लिटर) १ थान

स्वास्थ्य सामग्री हस्तान्तरण तथा सहयोग अभियानलाई निरन्तर जारी रहेको र अत्यावश्यकीय सामग्रीसहित पुन: समुदायमा पुगिने "काेभिड-१९ को महामारी विरुद्धको हाम्रो अभियान" का अभियन्ता तथा नेविसंघका नेता समीर लामाले बताए ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत