शेयरबजार बढ्ने क्रमसँगै काराेबार पनि उच्च
- गाउँ सहर संवाददाता
- २० जेठ बिहीबार, २०७८ | १५:५६:०० मा प्रकाशित
काठमाडौं । शेयरबजार बिहीबार बढेकाे छ । यसदिन कारोबारको समयसम्म नेप्से हालसम्मकै उच्च अंक २८७५.६३ अंकसम्म पुगेको थियो ।
यस दिन कारोबार रकम पनि झण्डै १७ अर्ब नजिक पुगेको छ । बिहीबार २१८ वटा कम्पनीको ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता शेयर १६ अर्ब ९० करोड ७० लाख २० हजार २८६ रुपैयाँमा खरिदबिक्री भएको छ ।
बिहीबार कारोबारमा आएका कम्पनीहरुमध्ये ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन मञ्जुश्री फाइनान्स र महिला लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने गोर्खाज फाइनान्स र ग्रीन डेभलपमेन्ट बैंकको पनि ९ प्रतिशतभन्दा बढिले बढेको छ ।
पञ्चकन्या माइ हाइड्रोपावर, राधी विद्युत, बरुण हाइड्रो र घलेम्दी हाइड्रोको शेयरमूल्य घटेको छ ।
यस दिनको बजारमा नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीको १ अर्ब २ करोड ७० लाख रुपैयाँको शेयर खरीद बिक्री भएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
प्रतिकृया दिनुहोस