अर्थतन्त्र

सुनचाँदीकाे मूल्य आज पनि बढ्याे

काठमाडाैं । बिहीबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार २०० र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस्तै चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

गाउँ सहर संवाददाता