अर्थतन्त्र

एमालेकाे दुई पक्षीय बैठक, नेपालले बोलाएको बैठकमा सहभागी नहुन ओली पक्षद्वारा निर्देशन

काठमाडाैं । नेकपा एमालेकाे आज दुई पक्षीय बैठक बस्दै छ । केपी शर्मा ओलीपक्ष र झलनाथ खनाल माधव नेपाल पक्षको छुट्टाछुट्टै बैठक बस्दै छ । ओली पक्षीय स्थायी कमिटी बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ भने खनाल नेपाल पक्षीय केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे भर्चुअल बैठक बस्दै छ ।

यसै सन्दर्भमा माधवकुमार नेपालले बोलाएको बैठकमा सहभागी नहुन ओलीपक्षले पार्टीका नेताहरूलाई निर्देशन दिएको छ ।

पार्टीका सचिव शेरबहादुर तामाङले आज विज्ञप्ति निकालेर पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले बोलाएको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन भनेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले हालैको स्थायी कमिटी बैठकबाट झलनाथ खनाल, नेपालसहित ११ नेतालाई पार्टीबाट निकालेका थिए ।

 

 

गाउँ सहर संवाददाता

तपाईँको मत