विश्व

भारतमा काेराेनाबाट पछिल्लाे २४ घण्टामा मृत्यु हुनेकाे संख्या २ हजार ७९५

काठमाडाैँ । भारतमा काेराेनाका कारण पछिल्लाे २४ घण्टामा २ हजार ७९५ काे मृत्यु भएकाे छ । याेसहित कुल मृतककाे संख्या ३ लाख ३१ हजार ८९५ पुगेकाे छ ।

त्यहाँकाे स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म निकाे हुनेकाे संख्या २ कराेड ५९ लाख ४७ हजार ६२९ छ भने सक्रिय संक्रमितकाे संख्या १८ लाख ९५ हजार ५२० छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म २१ कराेड ६० लाख ४६ हजार ६३८ ले खाेप प्राप्त गरिसकेका छन् ।

गाउँ सहर संवाददाता