गाउँ सहर

मङ्गलवारदेखि लागु हुनेगरी नेपालबाट तीन देशका लागि हवाई उडान खुला

काठमाडाैँ । सरकारको निर्णयानुसार मङ्गलवारदेखि लागु हुनेगरी नेपालबाट तीन देशका लागि हवाई उडान खुला भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार चीन, टर्की र कतारका लागि हप्तामा एक दिन दुईतर्फी नियमित उडान खुलेको हो ।

बिहीवार बसेको मन्त्रिपरिषद्‌को बैठकले कतारको दोहा, टर्कीको इस्तानबुल र चीनको कुनै एउटा स्थानका लागि अन्तर्राष्ट्रिय उडान पुनः सुरु गर्ने निर्णय गरेको थियो ।

यसअघि नेपाल एअरलाइन्स र एअर इन्डियाले नेपाल-भारतबीच हप्तामा एक-एकवटा उडान गर्दै आएका छन् ।

त्यसबाहेक आन्तरिकका साथै अन्तर्राष्ट्रिय नियमित उडानहरू अहिले स्थगित छन् ।

गाउँ सहर संवाददाता